राजनीति

नियमावली मस्यौदा समितिको म्याद ७ दिनका लागि थप

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद ७ दिनका लागि थप गरिएको छ ।

सभामुख देवराज घिमिरे मस्यौदा समितिको म्याद ७ दिन थप गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।

माघ १० गते गठित २१ सदस्यीय समितिलाई १५ दिनको समय दिइएको थियो । यसबीचमा मस्यौदा समितिले नियमावलीको मस्यौदामाथि एकपटकका लागि छलफल सकेको छ ।

समिति सचिवालयका अनुसार उक्त मस्यौदामाथी पुनः एक पटक छलफल गरेर पुर्ण मान्यता दिने भएको छ ।

मस्यौदा समितिमा सांसदहरु सुवास नेम्वाङ, अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सीता गुरुङ, शक्ति बस्नेत, सर्वेन्द्र शुक्ला, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *