मुख्य समाचार

मनोज पाण्डे मानव बेचबिखन मुद्दामा दोषी ठहर

काठमाडौं । सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डे दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने फैसला गरेको हो । पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको अदालतले मानव बेचबिचन कसुरमा समेत दोषी ठहर गरेको छ ।

उनलाई सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकेको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ गर्नुपर्ने व्यवस्था मुलुकी अपराध संहितामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *