समाचार

मनाङलाई हराउदै भुटानी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै भुटानी क्लब सेमिफाइनल पुगेको हो ।

भुटानी क्लबका लागि एकमात्र गोल खेलको १७ औं मिनेटमा प्रविण बस्नेतले गरेका थिए ।

यो हारपछि ६ पटकको विजेता मनाङ प्रतियोगिताबाट बाहिरिएको छ । अब भुटानी क्लबले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *