खेलकुद

मार्चपछि पिएसजीको पहिलो हार

काठमाडौं । पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ । फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो । 

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुकेको थियो । केलियन एम्बाप्पले पुरा समय खेलेपछि आफूलाई प्रमाणित गर्न सकेनन् । 

दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ । क्रिस्टोफ गाल्टियरको पिएसजी भन्दा लेन्स जम्मा चार अंकले पछि छ । लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरेभने एक गोलको अवसर सृजना गरेका थिए । 

खेलको पाँचौ मिनेटमा फ्राङ्कओस्कीले भलि बललाई गोलमा परिणत गरेका थिए । हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए । २८औं मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २–१ को अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए । 

यस अघि पिएसजी मार्च २० मा मोनाकोसँग ३–० ले पराजित भएको थियो । १० दिनपछि पिएसजीले च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्दैछ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *