काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने पहिलो निर्णय गरेका छन् ।
सोमबार सपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका प्रचण्डले प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयमा सुधार आवश्यक देखेर प्रधानमन्त्रीले यस्तो निर्णय लिएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।




