निर्वाचन-२०७९

कर्णाली प्रदेश : जीवनबहादुर शाही कांग्रेस दलको नेतामा चयन

काठमाडौं । कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको आज (शुक्रबार) बसेको बैठकले जीवनबादुर शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको छ ।

शाही अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका छन्। गत मंसिर ४को निर्वाचनबाट हुम्ला प्रदेशसभा (ख) उनी निर्वाचित भएका थिए।

एमालेका छक्कबहादुर लामालाई उनले ४,०७७ मतान्तरले पराजित गरेर शाहीले ७,०५६ मत प्राप्त गरेका थिए ।

गत मंशिर ४ को निर्वाचनबाट निर्वाचित भए लगतै शाही मुख्य मन्त्रीमा पुनः दोहोरिने संभावना रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *