समाचार

सिके राउत र प्रचण्डबिच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि राउतले आजै प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका थिए ।

कांग्रेस नेता विमलेन्द्र निधिसँग छलफल गरेपछि प्रधानमन्त्री देउवा भेट्न राउत वालुवाटार पुगेका थिए । राउत आगामी सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *