समाचार

गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने विश्वप्रकाश शर्माको उद्घोष

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व्प्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउन अभियान शुरु गर्ने उद्घोष गरेका छन् ।

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौँ आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास पुगेर बधाई दिदै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन् ।

भेटपछि उनले भने,‘‘महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौँ ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो ।’

महामन्त्री शर्माले थापालाई संसदीय दलको नेता बनाउन सबै सांसदहरुसँगै दलका शिर्ष नेताहरुसँग समेत छलफल गर्ने बताए । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको समेत बताएका छन्े ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *