समाचार

रवि लामिछानेले चुनावको अन्तिम परिणामपछि सत्तासमिकरणबारे निर्णय लिने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावको अन्तिम परिणाम आएपछि सत्ता समिकरणका बारेमा धारणा सार्वजनिक गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेले चुनावको पूर्ण नतिजा आएपछि सत्ता समिकरणबारेको निर्णयमा पुग्ने बताएका छन्।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालीरहेका छौं । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौं । हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ ।’

लामिछानेले चितवन २ को आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ मा विद्युतीकरणबारे विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *