समाचार

स्थगित भएका स्थानमा दुईदिनभित्र चुनाव हुने

काठमाडौं । निर्वाचन आयोगले मतदान स्थगित भएका १५ स्थानमा आगामी दुई दिनभित्रै पुनः निर्वाचन गराइने जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान स्थगित भएका ठाउँहरूमा दुई दिन भित्र पुनः मतदान गर्ने व्यवस्था मिलाइने बताए ।

आयोगका अनुसार नवलपरासी, बाजुरा, गुल्मी र सुर्खेतका १५ स्थानमा मतदान स्थगित भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *