काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा पैसा बाँडेको उजुरी आए छानबिन गर्ने निर्वाचन आयोगले जनाएको छ । आज (शनिबार) आयोगले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएक हुन । उनका अनुसार सो उजुरी आयोगमा प्राप्त भएमा छानबिन गर्ने र प्रमाणित भए कारबाही गर्ने जनाएको छ ।
मौन अवधिमा सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनको घटना नभएको दावी गरेका पनि सामाजिक सञ्जालबाट दलका उम्मेदवार र उनीहरूका कार्यकर्ताले मत मागेका सामग्री प्रकाशन गरेर आचारसंहिता उल्लंघन गरिरहेका छन् ।




