समाचार

पैसा बाँडेको आरोपमा पक्राउ परेका एमाले उम्मेदवारलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । मतदातालाई पैसा बाँडेको आरोपमा पक्राउ परेका एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५(ख)का उम्मेदवार दिपक निरौलालाई कारबाही गर्न माग गर्दै बुढानिलकण्ठ प्रहरी चौकीअघि प्रदर्शन भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि एमालेका उम्मेदवार इश्वर पोखरेललाई मत माग्न पैसा बाँडेको आरोपमा प्रहरीले प्रदेशसभा उम्मेदवार निरौलासहित तिनजनालाई पक्राउ गरेको थियो । उनीहरुलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ ।

थप अनुसन्धानका लागि उनीहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा ल्याउने तयारी भइरहेको छ । तर निरौलाको उम्मेदवारी खारेज गर्न माग गर्दै प्रहरी चौकी अघि प्रदर्शन भइरहेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *