काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अदालती बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।
सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्सावटमा अभियोग लगाएको दाबी गरेका छन् । उनले आफूमाथि लागेको अभियोग झुटो रहेको दाबी समेत पेश गरेका छन् ।
उनले किशोरीको बयान शंकास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मान्नुपर्ने मागदाबी समेत इजलाशसमक्ष गरेका छन् । उनको वयान सकिएपछि भोलिबाट थुनछेक बहश शुरु हुनेछ ।
सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ ।




