समाचार

निहारिका प्रकरण : बलात्कार आरोपीको डिएनए परीक्षण गर्न अदालतको आदेश

काठमाडौं । निहारिका राजपुतको मुद्दामा उनका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले दुबै जनाको डिएनए जाँच गर्न आदेश दिएको हो ।

उच्च अदालतले सरकारी वकिलको कार्यालयलाई डिएनए परीक्षणका लागि पत्र लेखेपछि उसले प्रयोगशालासँग समन्वय गरी परीक्षणको समय निर्धारण गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *