देश

जसपा नेपालको प्रवक्तामा मनिस कुमार सुमन 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ । 

जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ । 

पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोतम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका खेल्ने विश्वास जसपाले व्यक्त गरेको छ ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *