काठमाडाैँ । नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन गरिने भएको छ । सोही अनुसार सभामुखले प्रक्रिया अगाडि बढाएका छन् ।
एमालेले मत विभाजन माग गरेपछि मत विभाजनबाट निर्णय लिन लागिएको हो ।
अब प्रक्रियाअनुसार नै सांसदहरूले हुन्छ, हुन्न र मत दिन्न गरी तीन ठाउँमा हस्ताक्षर गरी मत जाहेर गर्न पाइने छ । अर्थात् सांसदहरूले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरू तटस्थ रहन पनि पाउनेछन् ।




