समाचार

नागरिकता विधेयक खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले फिर्ता नेपाल नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ ।

बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विधेयक फिर्ता गर्ने उनको कदमको स्वागत गरिन् ।

नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् ।

वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको हद तोक्नै पर्ने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *