समाचार

जनप्रतिनिधिलाई शेखर समूहको छुट्टै बधाई कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि शेखर कोइराला समूहले छुट्टै बधाई कार्यक्रम राखेको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बधाई, शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा संस्थापनइतर पक्षका निर्वाचित पालिका प्रमुख-उपप्रमुख, जिसस प्रमुख-उपप्रमुख सहभागी छन् ।

कार्यक्रममा नेताले स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही, पार्टीमा आफूहरूको दरिलो उपस्थिति साथै आसन्न मंसिर ४ को निर्वाचन रणनीतिबारे जानकारी गराउने बताइएको छ ।

यसअघि सोमबार र मंगलबार कांग्रेसले जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम राखेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *