काठमाडौं । काठमाडौंको फोहर व्यवस्थापनका लागि प्रयोग हुने तीनपिप्ले–बञ्चरे डाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का रद्द भएको छ । माओवादी अध्यक्ष प्रचण्डका घरवेटी समेत रहेका सारदा अधिकारीको शैलुङ इन्टरप्राइजेजले काम नगरेपछि ठेक्का रद्द गर्ने निर्णय सडक विभागले गरेको थियो ।
जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै कम्पनीसँग सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो ।
असार ५ गते सडक विभागले ठेक्का रद्द गर्ने निर्णय गरेको भएपनि जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो । मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको थियो । तर मंगलबार न्यायाधिश सिता शर्माको एकल इजालसले अन्तरिम आदेशलाई खारेज गर्दै सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गर्ने आदेश दिएको हो ।




