समाचार

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

सोमबार नेता लीलामणि पोखरेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायत नेता आयोगमा गएर दल दर्ता गराएका हुन् । निर्वाचन प्रयोजनका लागि नेकप एमालेले यसअघि नै दल दर्ता गराइसकेको छ ।

सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसले भने हालसम्म दल दर्ता गरेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *