समाचार

महानगरपालिकाको अधिकार पनि सर्वोच्चलाई दिन मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नक्सा पास गर्ने अधिकार पनि सर्वोच्च अदालतलाई दिने व्यवस्था मिलाउन माग गरेका छन् ।

नर्भिक अस्पतालले नक्सा पास नगरी सरकारी जग्गामा बनाएको संरचना तत्काल तहटाउन सर्वोच्चले दिएको आदेशबारे टिप्पणी गर्दै मेयर शाहले संविधान संसोधन गरेर नक्स पास नगरी बनाएको संरचनाहरुलाई पनि कारबाही गर्ने अधिकार अदालतलाई दिने व्यवस्था गर्न माग गरेका हुन् ।

उनले भनेका छन्,‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

मंगलबार मेयर शाह आफै नर्भिक अस्पताल पुगेर नियमविपरित निर्माण भएका संरचना हटाउन अस्पताललाई आग्रह गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *