देश

वनजङ्गल जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ : मन्त्री यादव

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताउनुभएको छ । वन दिवस २०७९ का अवसरमा आज वन विभागले वन परिसरमा स्थापना गरेको ‘सामुदायिक वन स्तम्भ’ को अनावरण गर्दै मन्त्री यादवले नेपालको वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न आवश्यक रहेको बताए ।

उनले भने , “नेपालको वनजङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ, यो अभियानमा सबैको सहयोग अनि साथ चाहिन्छ ।” वन स्तम्भले तराई मधेसदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वनजङ्गल र वन्यजन्तु जोगाउने अभियानमा आआफ्नोस्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्रसेवकको योगदानलाई कलात्मकरूपमा दर्शाउनेसमेत मन्त्री यादवले विश्वास व्यक्त गरे  । 

वन स्तम्भ निर्माण गर्न नेपालकै वनजङ्गलमा पाइने विभिन्न किसिमका काठ प्रयोग गरिएको र सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा अतुलनीय योगदान पु¥याएको  प्रतिकका रूपमा वन विभागले वन परिसरमा ‘सामुदायिक वन स्तम्भ’ को निर्माण गरिएको वन निर्देशक राजेश केसीले जानकारी दिए  । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *