काठमाडौं । भारत र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।
भारत–चीन सिमाबाट १ सय किलोमिटर दुरीमा अमेरिका र भारतीय सैनिकले संयुक्त सैन्य अभ्यास गर्ने भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनका अनुसार आगामी अक्टोबरको मध्यतिर अभ्यास हुनेछ ।
भारतको उत्तराखण्डस्थित १० हजार फिटमाथिको भूभागमा संयुक्त सैन्य अभ्यास हुने बताइएको छ ।




