देश

राष्ट्रपति भण्डारीले गरिन् मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् ।

विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।

विश्वविद्यालयका लगि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *