समाचार

प्रकाशमानकाे दाबी- मेराे अवधारणा पालना नगरिँदा काठमाडाैँमा फाेहाेर व्यवस्थापनकाे समस्या भयाे

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नाे अवधारणा पालना नगरिँदा काठमाडाैँमा फाेहाेर-मैला व्यवस्थापनमा समस्या भएकाे बताएका छन् । विगतमा आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याएपनि त्यसकाे पालना नगरिँदा समस्या बिकराल बनेकाे उनले बताए ।

काठमाडाैँमा आयाेजित एक कार्यक्रममा उनले भनेका छन्, ‘संसद् विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगाैँ भनेर सब प्रोग्राम बनाएँ । पैसा पनि छुट्याएँ, एक्स्पर्टहरू लगाएँ, डिजाइन पनि गरेँ । पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्‍याे भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन ।’

यसबाट आफूले मात्र राम्रो काम गर्छु भन्दैमा जनताले त्यसमा समर्थन नगरेमा नहुँदो रहेछ भन्ने अनुभव हासिल गरेकोसमेत बताए ।

उनले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन समेत दिए । उनले भनेका छन्, ‘तपाईंहरूकाे समस्या हामीलाई भन्नुपर्‍याे । हामीसँगै बसेर प्रबलमलाई सल्भ गर्छाैँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *