समाचार

न्यायाधीश भट्टराईलाई तानियो सर्वोच्च

काठमाडौँ । न्यायपरिषदले धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईलाई सर्वोच्च अदालतमा काजमा तानेको छ ।

उनले गरेको एक फैसला विवादित भएपछि उनलाई कामकाजबाट अलग गर्दै सर्वोच्च अदालतमा तानिएको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले उनलाई सर्वोच्च अदालतमा काजमा तानिएको बताए । व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो । त्यो फैसलामाथि न्यायपरिषदले छानबिन समेत थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *