काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०७९’ प्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले यौना हिंसाका दोषीलाई सजाय कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् । बलात्कार जस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्र संघको उदाहरणलाई ध्यानमा राखेर कानुन बनाउनेपर्ने माग राखे ।
उनले भने, ‘यस्ता घटनालाई रोक्न विधेयकमा गरिएको दण्ड सजायको जरिवानाले माात्रै हुन्न । त्यसैले हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई हेरौं । संयुक्त राष्ट्र संघको उदाहरणलाई हेरौं र यो कानुन निर्माण गरौं ।’
उनले बलात्कारका घटना ५० प्रीतशत मात्र प्रहरीकोमा पुग्ने र ५० प्रतिशत सहेरै बस्ने स्थिति रहेको बताए । कानुन सुधार गरी त्यस्ता घटना अनुसन्धानको दायरामा आउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।



