काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
रामेछापबाट काठमाडौँ आउँदै गरेको बस सुनापति गाउँपालिकास्थित पिपलडाँडामा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । २२ जना घाइते भएका छन् ।




