समाचार

मन्त्रिपरिषद्‌ बैठकमा कांग्रेसका मन्त्रीले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको क्याविनेट बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका हुन्।

बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नता, करको दर हेरफेरमा मुछिएका मन्त्री शर्माको चौतर्फी राजीनामाको माग उठिरहेका बेला मन्त्रिपरिषद्‌मा समेत राजीनामा दिनुपर्ने कुरा उठेको हो।

बैठकमा कांग्रेसका केही मन्त्रीले चौतर्फी रुपमा प्रश्न उठिसकेकाले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने धारणा राखेको एक मन्त्रीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *