राजनीति

बस्नेतले लिइन् प्रदेश सांसदको सपथ

विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् ।

सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।

मंगलबार उनले प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गरेकी हुन् । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *