राजनीति

अशोक राईका श्रीमतीलाई मन्त्री बनाउन उपेन्द्रको योजना असफल

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ। जसपा लगभग फुट्ने निश्चित छ। जसपा विभाजन हुने पक्का भएपछि पार्टीका वरिष्ठ नेता अशोक राई भने उपेन्द्र यादवसँगै रहने भएका छन्।

कुनै समय डा. बाबुराम भट्टराई नजिक मानिने नेता राई पार्टी विभाजन हुने भएपछि जसपामै रहने भएका छन्। जसपाले सरकारमा सहभागी ४ मन्त्री मध्ये ३ मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाईसकेका छन्।

एक नेताका अनुसार अध्यक्ष यादवले नेता राईका श्रीमतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । अध्यक्ष यादवले नेता राईका श्रीमती सुशीला श्रेष्ठलाई मन्त्री बनाउन प्रस्ताव गरे पनि अन्तमा गैर सांसदलाई मन्त्री बनाउन नहुने भन्दै विरोध भएपछि रोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *