समाचार

१७ जना डिआइजीले लगाए दर्ज्‍यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीको डिआइजीमा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई दर्ज्‍यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्‍यानी चिह्न प्रदान गरेका हुन् ।

डिआइजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाले दर्ज्‍यानी चिह्न प्राप्त गरेका हुन् ।

अहिले डिआइजीमा बढुवा भएका १७ मध्य चार महिला छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *