देश

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् । 

गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *