काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै भेटे लगतै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन खुमलटार पुगेका छन् ।
बिहीबार बिहान एमालेका अध्यक्ष ओलीसँग बालकोटमा करिब २ घण्टा संवाद गरेका गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
बिहीबारै ओलीसँग लामो छलफलपछि गौतमले दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताएका थिए। यसअघि नै एमाले त्यागेको घोषणा गरिसकेका गौतमले नयाँ पार्टी खोलेको केही दिनपछि ओलीसँग वार्ता गर्न पुगेका थिए।
गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।




