काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । आज बिहान नेता गौतम अध्यक्ष ओली निवास बालकोट पुगेका हुन् ।
अहिले दुई नेताबीच वार्ता जारी छ।वामदेवले घोषणा गरेको पार्टीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले नेताहरुसँग भेटघाट सुरु गरेका हुन् । नयाँ दल घोषणा गरेलगत्तै गौतमले आगामी ३ महिना एकताका लागि गृहकार्य गर्ने बताएका थिए।




