समाचार

यी नदीमा आज जल सतह बढ्ने, होशियारी अपनाउन आग्रह

काठमाडौं । लगातारको बर्षाका कारण आज (बिहीबार) देशका केही नदीहरूमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम राप्ती र बबई नदीमा बहाव उल्लेख्य बढ्ने छ ।

मर्स्याङ्दी, सेती, महाकाली, वागमती नदीको पधेरादोभान र पूर्वी राप्तीको रजैयामा बहाव सामान्य बढ्ने पूर्वानुमान छ । अरू केही नदीमा बहाव सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।

आज धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, धादिङ, चितवन, गोरखा, स्याङ्जा, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला र आसपास भई बहने साना नदीहरूमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव (समेत हुन सक्ने पूर्वानुमान छ । नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *