काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बिउ रोपेर आफू फर्केको बताएका छन्।
विप्लवको पार्टी छाडेका केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने ‘एमालेको नेतृत्व गर्ने प्रयास गर्यौं तर सक्किएन नि भन्ने लागेको हुनसक्छ। तर हामीले त्यहाँ बिउ रोपेका छाैँ । केही समयपछि फुल्छ, फल्छ।’
साथै उनले केपी ओली एमालेको मूल नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको बाटोमा हिँडाउन सकिने बताएका छन् । ‘केपी ओली एमाले नेतृत्वमा हुँदा प्रतिगमन भयो । त्यो नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ ।’ उनले भने ।




