समाचार

वामदेव गौतमले घोषणा गरे नयाँ पार्टी, ७५ जनाको केन्द्रीय समिति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गरेका छन् ।

काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गरेका हुन् ।

नेकपाबाट एमाले र माओवादी केन्द्र पुनर्जीवित भएपछि निष्क्रिय रहेका गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेका थिए । उनी अब अन्ततः नयाँ राजनीतिक दलबाट फेरी सक्रिय भएका छन् ।

साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तत्काललाई ७५ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) घोषणा गरेका छन् । पार्टी बहुपदीय प्रणालीमा जाने जानकारी दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *