राजनीति

अनियमित तरिकाले डिजेल पेट्रोलको मुल्य बढाउनु ठूलो घोटला हो : एमाले सांसद पद्मा अर्याल

काठमाडौं । नेकपा एमाले सांसद पद्मा अर्यालले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला गरेको बताएकी छिन । प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मुल्य सार्वजनिक गरी करोडौं रुपैयाँको घोटला भएको बताएकी हुन ।

मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार घोटाला भएको उनले उल्लेख गरिन् । यो भन्दा पहिला २२ करोड रुपैयाँ घोटाला भएको उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा भएको घोटालाको छानविन गर्न आग्रह गरिन ।

मूल्य वृद्धि गर्दै सरकारले राहत हैन आहत दिने काम गरेको छ । योबेला आहात दिने हैन राहत दिने बेला हो । मूल्य वृद्धिले जनतालाई कष्टकर बनाएको कुरा एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने पनि उनले बताए । केपी शर्मा ओलीले सरकार छोडेपछि निरन्तर मुल्य वृद्धि भएको कारण थाहा पाउन सकिने जावफ दिन पनि सरकारलाई आग्रह गरेकी छिन् । निरन्तरको मुल्यवृद्धिले जनताको जिवन र जिविकासँग प्रत्यक्ष असर पारिरहेको बेला सरकारले बेला बेलामा पेट्रोलियम पर्दाथको मुल्य वृद्धि गर्नु असहनीय भएको समेत उनले बताएकी छिन् ।

यस विषयमा सम्बन्धित मन्त्रीले सदनमा आएर जवाफ नदिँदा सम्म सदन चल्न नदिने उनले सरकारलाई चेतावनी समेत दिएकी छिन् । यस विषयमा सभामुखले सम्बन्धित मन्त्रीलाई जवाफका लागि रुलिङ गर्न माग समेत गरिन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *