मुख्य समाचार

विपद व्यवस्थापन र उद्धारका कार्यमा जुट्न तरुण दलका सभापति गुरुङको मातहतका समितिलाई निर्देशन

काठमाडौं। नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विपद व्यवस्थापन र उद्धारका कार्यमा जुट्न मातहतका समितिलाई निर्देशन दिएका छन ।
सभापति गुरुङले प्रकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको सेवा,सहायता र उद्धारमा संगठित रुपमा जुट्न ७७ वटै जिल्लामा परिपत्र गरेका हुन ।
जिल्लामा गरिएका विपद व्यवस्थापन र उद्धारका कार्यहरुको दलको केन्द्रीय कार्यालयलाई नियमित जानकारी गराउन सभापति गुरुङले निर्देशन दिएका छन ।
तरुण दलका सभापति विद्वान गुरुङले तीन बुँदे निर्देशनसहति परिपत्र गरेका हुन ।

यस्तो छ तरुण दलको तीन बुँदे निर्देशन
१. प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरुको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सबै क्षेत्र, पालिका र वडा तहहरुमा विपद व्यवस्थापन तरुण परिचालन समिति गठन गर्ने गराउने ।
२.सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाहरुको तत्काल उद्धार र व्यवस्थापन गर्नु गराउनु ।
३. प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्धार व्यवस्थापन र राहत संकलन तथा वितरण गर्दा तरुण दलको सांगठनिक मर्यादालाई ध्यानमा राख्दै गर्दै गर्नु गराउनु होला ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *