समाचार

फोहर लिएर बञ्चरेडाँडा पुगेका डेढ सय बढि ट्रक काठमाडौं फर्किए

काठमाडौं । काठमाडौंको फोहोर लिएर बन्चरेडाँडा गएका एक सय ५० बढि ट्रकहरु काठमाडौं नै फर्किएका छन् । स्थानीयबासीले फोहोर विसर्जनमा अवरोध गरेपछि ट्रक काठमाडौं नै फर्किएका हुन् ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो ।

बुधबार धेरै स्थानीयबासी विरोधमा उत्रिएका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार उपत्यकाबाट १५७ ट्रक फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *