समाचार

बालेनले नसकेपछि आफैं फोहोर उठाउन निस्किए १६ नम्बरका वडाध्यक्ष

काठमाडौं ।ल्यान्डफिल्ड साइटको अवरोधका कारण सडकमै फोहोर थुप्रिएपछि काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका छन्।

महानगरको संयन्त्रले वातावरण विभागले फोहोर उठाउन नसकेपछि वडा अन्तर्गत रहेका महानगरको गाडी प्रयोग गरेर सडकमा थुप्रिएका फोहोर उठाउन लगाएका हुन्।

उनले फोहोर सङ्कलनको काम वडाको नभई महानगर अन्तर्गतको भए पनि सडकमा फोहोर नउठेपछि आफैं फोहोर उठाउन निस्किएको बताए।

काठमाडौँ महानगरको पहिलो कार्यपालिका बैठकमा बैठकको पद्धतिबारे प्रश्न उठाएपछि मेयर बालेन्द्र शाहका शुभेच्छुकहरूले शाहलाई काम गर्न अवरोध पुर्‍याउने प्रयास गरेको भनेर उनको विरोध गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *