समाचार

६ बुँदे निर्णय गर्दै सकियो राप्रपा नेपालको बागमती प्रदेशस्तरीय भेला

काठमाडाैँ । ६ बुँदे निर्णय गर्दै राप्रपा नेपालको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सकिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा हेटौंडामा बुधबार र बिहीबार चलेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेलाले हिन्दुराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ‘सम्वर्द्धनवाद’ को वैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति राप्रपा नेपाललाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा बागमती प्रदेशभित्रका सबै जिल्ला कार्यसमिति मन, वचन र कर्मले समर्पित रहने संकल्प गर्ने निर्णय गरेको छ ।

यस्तै, चाँडो जिल्ला कार्यसमितिलाई पूर्णता दिने, भदौभित्र जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र सबै तहका कार्यसमितिहरुको बैठक कम्तीमा महिनाको एक पटक गर्ने निर्णय भेलाले गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *