काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन कायम राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनमा रहेका दलहरुका बिचमा सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो ।
७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गर्दै अगाडि बढ्न र आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय भएको छलफलपछि जारी विज्ञप्तीमा जनाइएको छ ।




