समाचार

खस सभ्यतासम्बन्धी राष्ट्रिय सम्मलेन  ः ९ बुँदे घोषणापत्र जारी 

काठमाडौं । जुम्लाको कनकासुन्दरीमा खस सभ्यतासम्बन्धी राष्ट्रिय सम्मेलन भएको छ । कनकासुन्दरी गाउँपालिका-५मा रहेको  कनकासुन्दरी माध्यमिक विद्यालय लुड्कुमा दुई दिने खस सिँजा राष्ट्रिय सम्मेलन गरिएको  हो ।

 नेपाली भाषाको उद्गम स्थल तथा तत्कालीन खस राज्यको राजधानी जुम्लामा खस सभ्यता,सस्कृति, भेषभुषा संरक्षण गर्न सम्मेलनको आयोजना गरिएको हाे । क्षेत्री समाज राष्ट्रिय महासंघ केन्द्रीय कार्यसमितिले दुई दिने खसभाषा, सभ्यताका  संरक्षणका लागि ९ बुँदे घोषणापत्र जारी गरेको छ ।  

 घोषणापत्रमा धर्म संस्कृति, सभ्यता, सस्कृति र इतिहासलाई अगाडि बढाउने प्रतिबद्धता जनाइएकाे छ । साथै घोषणापत्रमा  खस सभ्यता, भाषा, इतिहासको संरक्षण उत्थान र निरन्तरता र व्यापकताका निम्ति कटिबद्ध रहने र यसका निम्ति सरकार सञ्चालित संघ संस्था र निकायहरूसँग सहकार्य र समन्वयमा अघि बढ्ने, खस सभ्यता र भाषा सास्कृतिको विषयलाई सम्बाेधन गर्न कनकासुन्दरी गाउँपालिकाबाट सिञ्जामा केन्द्र राखी खस सभ्यता अध्ययन अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने गराउने कार्यक्रम बनाई अघि बढाउने उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *