समाचार

‘जङ्गल त रोपिँदै जाने, काटिँदै जाने कुरा हो, निजगढ विमानस्थल बन्नुपर्छ’

काठमाडौँ । आज शनिबार प्रतिनिधिसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले निजगढ विमानस्थल जुनसुकै हाल बन्नुपर्ने माग राखेका छन्।
सांसद कर्णले निजगढ विमानस्थलको सन्दर्भमा सर्वोच्चले गरेको निर्णयमाथि पुनर्विचार गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘जङ्गल त सधैँ रोप्न पनि सकिन्छ, सधैँ काटिँदै पनि जान्छ। त्यो ठूलो कुरा होइन। निजगढ विमानस्थल बन्नुपर्छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *