स्थानीय तह निर्वाचन-२०७९

काठमाडौं-१३ मा एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । कामपा-१३ को वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित भएका छन् ।

मानन्धरले ३,१२४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले २,६५४ मत प्राप्त गरेका छन् । यहाँ मेयरका स्वतन्त्र उम्मेदवार बालेनले १,७८८ मत पाए भने सायमी स्वयमले १,७३४ मत प्राप्त गरे । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १,५१५ र कांग्रेसकी सिर्जना सिंहले १,१५६ मत पाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *