राजनीति

सौन्दर्य प्रतियोगिता बलात्कार प्रकरण: मनोज पाण्डे पक्राउ

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।

सो प्रतियोगिता सकिएपछि सक्सेस पार्टीका लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडित युवतीको आरोप रहेको छ । पिडित युवतीले ८ बर्ष अघिको सो घटना बारे अहिले सामाजिक सञ्जालमार्फत आफ्ना कुरा सार्बजनिक गरेपछि प्रहरीले सो घटना अनुसन्धान गर्न एक समिति समेत बनाएको थियो ।

पक्राउ परेका पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *