चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ५५ हजार बढी मत गणना हुँदा उनले मेयरमा ३ हजार २६७ मतको अन्तर बनाएकी हुन् ।
दाहालले २१ हजार ८५ मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार ८१८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ८ हजार १६ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी २३ हजार ४८७ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत पाएकी छन् ।




