स्थानीय तह निर्वाचन-२०७९

राजविराज नगरपालिकामा जसपा विजयी

सप्तरी । राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् ।

यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे ।

उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् ।इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *